काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव माग गरेको छ ।
शुक्रबार सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको हो । इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तहमार्फत् प्रस्ताव पेश गर्न सक्नेछन्।
शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा साउन ९ मा बसेको बैठकले विद्यालयहरूबाट प्रस्ताव आह्वान गर्ने निर्णय गरेको थियो।
भौतिक सुविधा विस्तार गर्न चाहने विद्यालयहरूले प्रस्ताव पेश गर्न सक्नेछन् ।
यस्तो छ सूचना :
Leave a Reply