काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले विभिन्न पदमा काम गर्न कर्मचारी माग गरेको छ ।
सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूह (स्वास्थ्यतर्फ) खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । कार्यालयले विभिन्न २ पदमा गरी कुल ६८ जना कर्मचारी माग गरेको छ ।
आजदेखि भदौ १२ गतेसम्म आवेदन दिन सकिने प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) का लागि आवेदन आह्वान गरिएको हो ।
निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्नेछ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनोट शाखा, हलचोकमा पुगेर आवेदन दिन सकिने जनाइएको छ ।
Leave a Reply