Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • महिला प्रतिनिधित्वका लागि दलहरू गम्भीर हुनुपर्छ : सभामुख सापकोटा

    महिला प्रतिनिधित्वका लागि दलहरू गम्भीर हुनुपर्छ : सभामुख सापकोटा

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 933
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

    काठमाडौंमा बिहीबार आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ अन्तरक्रियामा उनले शासन व्यवस्था र लोकतन्त्र बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि



    दलहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने बताएका हुन्।



    अहिले मतदाताहरूमा दलगत मतदान गर्ने अरुचि देखा परेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि राजनीतिक दलहरूले आगामी निर्वाचनहरूमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको अधिक प्रतिनिधित्व गराउने कुरामा जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार