Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • माओवादी अध्यक्ष प्रचण्डले भने – अबको दुई तीन दिनमा चुनावको मिति घोषणा हुनसक्छ

    माओवादी अध्यक्ष प्रचण्डले भने – अबको दुई तीन दिनमा चुनावको मिति घोषणा हुनसक्छ

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 954
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताएका छन् ।

    बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् ।



    अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताए ।



    कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा गर्न खोज्नुभएको थियो । केही विधेयकहरु पारित भएपछि चुनावको मिति घोषणा हुन्छ। मलाई लाग्छ मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा हुनसक्छ ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार