Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • स्वास्थ्यलाई आम जनताको पहुँचमा पुर्‍याउनुपर्छ : प्रधानमन्त्री देउवा

    स्वास्थ्यलाई आम जनताको पहुँचमा पुर्‍याउनुपर्छ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 663
    SHARES

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यलाई आम जनताको पहुँचमा पुर्‍याउनुपर्ने बताएका छन्।

    बिहीबार वीर अस्पतालको १३३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मौलिक हकको रुपमा स्थापित स्वास्थ्यलाई आम जनताको पहुँचमा पुर्‍याउनुपर्ने बताएका हुन्।



    युनिभर्सल हेल्थ कभरेजको लक्ष्य प्राप्तिका लागि सरकारले आवश्यक कदम चाल्ने बताए। प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताए।



    स्वास्थ्य क्षेत्रको विकासका लागि प्रयाप्त रुपमा बजेट छुट्टाएर आवश्यक भौतिक पूर्वाधारको कामलाई सम्पन्न गराउने उनको भनाइ छ। गुणस्तरीय सेवा प्रदान गर्दै आम जनताको विश्वास जितेको वीर अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा देउवाले जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार