काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जीर्ण उद्योगहरु सरकार एक्लैले चलाउन नसक्ने भन्दै त्यस्ता उद्योग निजी क्षेत्र र सरकारको साझेदारीमा चलाउनुपर्ने बताएका छन् ।
विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’को अनुगमनका क्रममा उद्योग मन्त्री बडूले निजी क्षेत्र र सरकारको साझेदारीमा पनि चलाउन नसक्ने उद्योगहरुको हकमा सरकारलाई राजस्व दिएर निजी क्षेत्रले आफैले चलाउन सक्ने बताएका हुन् ।
उद्योग मन्त्री बडूले सरकारको जग्गा बैंकमा धितो राख्न अनुमति दिँदा उद्योग टाँट पल्टिएको अवस्थामा के गर्ने भन्ने जोखिम रहने बताए । उनले सरकारले आफैले चलाउँछु भनेर सुरु गरेका उद्योगहरु बन्द अवस्थामा पुगेकाले अब निजी क्षेत्रको सहकार्यमा मात्रै उद्योगहरु सञ्चालन गर्न सकिने टिप्पणी गरेका छन् ।
पछिल्लो समय व्यापार घाटा भयावह रुपमा बढ्दै गएको भन्दै आन्तरिक उत्पादनलाई नै उपभोग गर्ने बानी बसाल्न मन्त्री बडूले सुझाव दिएका छन् ।
Leave a Reply