Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • रवि लामिछानेविरुद्ध चुनाव लड्ने खेम भण्डारीको घोषणा

    रवि लामिछानेविरुद्ध चुनाव लड्ने खेम भण्डारीको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भण्डारीले अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले रविले नेपालको जुनसकुै निर्वाचन क्षेत्रमा उमेदवारी दिए पनि आफू त्यहाँ पुग्ने बताए ।



    उनले आफ्ना मुद्दा पनि अघि सार्दे भनेका छन्, “निर्मला प्रकरणमा मैले ९ जना निर्दोष बचाएँ । र, अहिले पनि म भीभीआईपी नै निर्मलाको बलात्कारी र हत्यारा हो भन्नेमा ढुक्क छु । राज्य नै षडयन्त्रकारी भूमिकामा छ । कम्युनिष्टहरु मन्त्री (गृह) को छोरा बचाउन लागे । सत्तामा हुँदा करोडौँ खर्च गरे छोरो बचाउन ।”



    उनले नेपालका ठूला मिडियालाई पनि कमजोर बनाएर उक्त हत्याकाण्डको छानबिन कमजोर बनाइएको छ ।

    उनले फेसबुकमा यस्तो लेखेका छन् :

    अन्ततः रवि लामिछानेबिरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो !

    नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ ।

    मेरो मुद्दा रहनेछ :

    १. निर्मला प्रकरणमा मैले ९ जना निर्दोस बचाएँ । र, अहिले पनि म ख्ख्क्ष्ए नै निर्मलाको बलात्कारी हत्यारा हो भन्नेमा ढुक्क छु । राज्य नै षडयन्त्रकारी भूमिकामा छ । कम्युनिस्टहरु मन्त्री (गृह) को छोरा बचाउन लागे । सत्तामा हुँदा करोडौं खर्च गरे छोरो बचाउन ।

    २. नेपालका ठूला मिडियाका क्राइम हेर्ने पत्रकार बेचिए । उनिहरु कुहिरोमा हराएका काग जस्ता भएका छन् ।

    ३. नेपाल प्रहरी नेताको दास हो । अरु के भन्ने ?

    ४. रवि लामिछाने जस्ता कथित पत्रकार खेम भण्डारीलाई defame गर्ने र ८ प्रहरीलाई उन्मुक्ती दिलाउने काममा सीमीत भए । उनीहरुले ८ प्रहरीले सफाइ पाएपछि प्रकरण नै बिर्सिए

    ५. रविले शंकास्पद ८ प्रहरीका पक्षमा media trial चलाए र तिनले उन्मुक्ति पाएपछि चुप लागे । जब कि म अहिलेसम्म निर्दोश बचाउने कोसिसमा छु ।

    ६. रविले कहिल्यै ओली सरकारले करोडौं खर्च गरेर issue divert गरेको कुरा गरेनन । उनले होटेल ओपेराको नाम जिब्रोबाट कहिल्यै बोलेनन । यसैबाट थाह हुन्छ उनको निर्मला प्रकरण बारेको नियत ।

    ८. रविले खेम भण्डारीलाई बदनाम गर्न मात्रै आफ्नो उर्जा सके । हत्याराबारे उनले कहिल्यै बहस चलाएनन । मानसिक रोगी दिलिप बिस्टलाई खेम भण्डारीको सालो स्थापित गराए तर दिलिप नै अपराधी हो भन्ने उनको दावी त्यसदिन सकियो जुन दिन अंगुर जीसी लगायतका प्रहरीले सफाइ पाए ।

    ९. एक अवोध चेलीको बलात्कारपछी हत्या बारेमा उनले स्थलगत आउँदा एउटा र एक वर्षपछि काठमाडौंको स्टुडियोमा अर्कै बोले । आफ्नो स्थलगत रिपोर्टको कमजोरी कहिल्यै स्वीकारेनन ।

    १०. मेरो दावी छ – रविले निर्मलाका हत्यारा र मतियारलाई उन्मुक्ती दिन news24 को दुरुपयोग गरे । पुडासैनी प्रकरणमा उनले सफाइ पाउनु पनि यहि कारण हो । होइन भने, मर्न लागेको मान्छेको बयानलाइ इन्कार गर्ने criminal law बिध कहाँ छ ?

    रवि लामिछाने जस्ता पाखण्डीलाई अब चुनाउको मैदानमैं नांगेझार गर्नुपर्छ । म आउंदैछु जुनसुकै निर्वाचन क्षेत्रमा उसले लडे पनि ।

    एक नावालिक छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरु र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने !

    त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ । निर्मलाको न्यायका लागि कामना गर्ने नेपाल र संसारभरीका न्यायप्रेमी मेरो समर्थनमा त्यहाँ आउने छन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार