काठमाडौं । सेयर बजारको परिसूचक नेप्सेले फेरि २१ सय अंक नाघेको छ । मंगलबार ४४ अंक घटेर २१ सयमुनि झरेको नेप्से बुधबार फेरि २३.८३ अंक बढेर २१११ अंकमा पुगेको हो ।
दिनभर उतारचढावका बाबजुत बढेको सेयर बजारमा ३ अर्ब १६ करोड रुपैयाँको कारोबार भयो । कुल १५६ कम्पनीको मूल्य बढ्यो भने १८ को घट्यो, ६ को स्थिर रह्यो ।ब्यापार बाहेकका सबै उपसमूहहरु बढेका छन् । सो उपसमूहको सूचक १२ अंक घट्यो ।
बैंकिङ ०.९, विकास बैंक ५६, फाइनान्स ७५, होटल तथा पर्यटन २३, जलविद्युत् ७२, जीवन बीमा ३४, उत्पादन १९, माइक्रोफाइनान्स १०७, निर्जीवन बीमा ४३ र अन्य उपसमूह ३८ अंक बढे ।
जानाकी फाइनान्स, युनाइटेड मोदी र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नेष्डो लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, यूनिभर्सल पावर, यूनियन हाइड्रोपावरसमेत धेरै बढ्ने कम्पनीमा रहे । डिभेन्चरहरुको मूल्य भने धेरैको घटेको छ । बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।
Leave a Reply