Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • उद्योगमन्त्री बडू भन्छन् – अर्थतन्त्रको संकट हटाउन नयाँ उद्योग थपिन जरुरी छ

    उद्योगमन्त्री बडू भन्छन् – अर्थतन्त्रको संकट हटाउन नयाँ उद्योग थपिन जरुरी छ

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 978
    SHARES

    धनुसा। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकले भोगिरहेको आर्थिक संकटको एकमात्र निकास उद्योगधन्दाहरूको बढोत्तरी रहेको बताएका छन् ।

    जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    कार्यक्रममा बोल्दै बडूले भने ‘अहिले जुन संकटको अवस्था छ, त्यो आयातमा निर्भर हुने अवस्था भएकाले हो, त्यसको समाधानका लागि कृषि र पर्यटनलाई अगाडि बढाउनुपर्ने कुरा छँदैछ । त्यसका अलावा उद्योगधन्दाहरू बढाउनुपर्ने अवस्था छ ।’



    नेपालमा हाल जे जति उद्योग चलिरहेका छन्, ती पनि आफ्नो क्षमताअनुसार नचलेको उद्योगमन्त्री बडूले बताए ।

    नयाँ उद्योगहरू अझ खुल्न जरुरी रहेको भन्दै उनले यसका लागि निजी क्षेत्र अगाडि बढ्न जरुरी रहेको बताए । मन्त्री बडूले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेकोमा जोड दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार