Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपालबाट ११ देशमा १८ करोड रुपैयाँको भ्याक्सिन निर्यात

    नेपालबाट ११ देशमा १८ करोड रुपैयाँको भ्याक्सिन निर्यात

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालबाट गत आर्थिक वर्ष २०७८/७९मा १८ करोड २९ लाख रुपैयाँको भेटेनरी भ्याक्सिन निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको भ्याक्सिन निर्यात भएको हो ।

    यस अवधिमा नेपालबाट ४६ हजार ९९८ किलोग्राम भ्याक्सिन निर्यात भएको विभागको तथ्याङ्कमा छ । गत वर्ष विश्वका ११ वटा देशहरूमा भेटेनरी भ्याक्सिन निर्यात भएको छ ।



    जसमध्ये अफगानिस्तान, अल्जेरिया, अफ्रिका, कंगो, इथियोपिया, गिनिया, केन्या, लाइबेरिया, नाइजर र तान्जानियामा निर्यात भएको छ ।



    अफगानिस्तानमा ८९ लाख रुपैयाँको भ्याक्सिन निर्यात हुँदा अल्जेरीयामा ६ करोड ४६ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, अफ्रिकामा ८९ लाख, कंगोमा १८ लाख, गिनियामा २ करोड ४३ लाख, केन्यामा २१ लाख र नाइजरमा ५ करोड ३१ लाख रुपैयाँको भ्याक्सिन निर्यात भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार