काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका नेता पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् ।
ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।
राष्ट्रियसभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार नै निर्णयार्थ प्रस्तुत हुँदैछ ।
राष्ट्रियसभाका सदस्य श्रेष्ठले उक्त विधेयकको विरोध गरेका छन् । सोही सन्दर्भमा उनीसँग गृहमन्त्री खाँले भेट गरेको बुझिएको छ ।
Leave a Reply