Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडौं महानगरमा रोकिएको फोहोर ढुवानी भोलिबाट सुचारु हुने

    काठमाडौं महानगरमा रोकिएको फोहोर ढुवानी भोलिबाट सुचारु हुने

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 930
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने भएको छ ।

    फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएपछि महानगरले यही साउन ४ गतेदेखि फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो ।



    प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ ।



    ‘१२ गते विहीबार विहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ,’ सुचनामा भनिएको छ ।

    यसअघि फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो ।

    महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध दोहो¥याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार