Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • सर्वोच्चको आदेश – पाकिस्तानको पन्जाब प्रान्तमा इमरान खान नेतृत्वको पार्टीको सरकार बनाउनू

    सर्वोच्चको आदेश – पाकिस्तानको पन्जाब प्रान्तमा इमरान खान नेतृत्वको पार्टीको सरकार बनाउनू

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको पन्जाब प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    सर्वोच्चले गएराति पन्जाब प्रान्तमा पीटीआईका मुख्यमन्त्रीका प्रत्यासीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्न आदेश दिएको हो ।



    यदि प्रदेश प्रमुखले यस्तो गर्न नमानेमा राष्ट्रपतिबाट मुख्यमन्त्री नियुक्त गर्न पनि सर्वोच्च अदालतले भनेको छ ।



    यसै महिनाको १७ तारिखमा पाकिस्तानको पन्जाबमा भएको उपचुनावमा इमरान खान नेतृत्वको पार्टी तहरिक-ए-इन्साफ (पीटीआई) ले शानदार जित हासिल गरेको थियो । पीटीआईले २० मध्ये १५ सिट जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार