काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा एक महिलालाई पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१७ घर भइ हाल काठमाडौं– १३ बाफल बस्ने ४२ वर्षीया निशा गुरुङलाई मंगलबार पक्राउ गरिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले टोखा नगरपालिका–६ टोखाबाट उनलाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको ०७९ वैशाख १३ गतेको फैसलाले ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
Leave a Reply