काठमाडौं । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो ।
‘स्पतालले औपचारिक रुपमा मन्त्रालयलाई मृत्युको जानकारी पठाएको छ भने शव व्यवस्थापनको तयारी थालिएको छ। विरामीको भेन्टिलेटरमा उपचार भइरहेको थियो।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । ४१ वर्षीय उनलाई कोरोना संक्रमण भएको गत सोमबार पुष्टि भएको थियो । उनको रुपन्देहीस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
उनको गत शुक्रबार नै स्बाव संकलन गरेर भैरवाह पठाइएकोमा सोमबार रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालका एक कर्मचारीका अनुसार उनलाई एक साता अघिदेखि ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार थालिएको थियो । उनी जेठ १ गते अस्पताल भर्ना भएका थिए । उनी पेशाले शिक्षक भएको खुलेको छ ।
यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । उनीहरु दुवैजनाको कोरोना संक्रमण भएको रिपोर्ट मृत्यु भएपछि मात्र आएको थियो ।
बुधबारसम्मको विवरण अनुसार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Leave a Reply