Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पूर्वअर्थमन्त्री प्रकरण : गृह मन्त्रालयले दियो संसदीय समितिलाई सिंहरबारको पश्चिम र दक्षिण गेटको फुटेज

    पूर्वअर्थमन्त्री प्रकरण : गृह मन्त्रालयले दियो संसदीय समितिलाई सिंहरबारको पश्चिम र दक्षिण गेटको फुटेज

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 942
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले मागेको सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराएको छ ।

    आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै अर्थमन्त्री शर्मामाथि प्रश्न उठेको थियो । गृह मन्त्रालयले दिएको फुटेजमाथि अध्ययन भइरहेको समिति स्रोतले बताएको छ ।



    सो विषयमा छानबिन गर्न गठित समितिले २४ जेठको राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको वा नगरेको विषयमा अध्ययन गर्न सिंहदरबारको दक्षिण र पश्चिम गेटको फुटेज गृह मन्त्रालयसँग माग गरेको हो ।



    संसदीय समितिलाई अर्थ मन्त्रालयले १४ जेठको फुटेज नै नभएको बताएको थियो । सीसीटीभी क्यामेरा फरेन्सिक प्रयोगशालामा परीक्षण गर्दा पनि १४ जेठको फुटेज फेला परेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार