Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • गगन थापाको व्यंग्य – विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा सरकार उल्टो भएर हिँडिरहेको छ

    गगन थापाको व्यंग्य – विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा सरकार उल्टो भएर हिँडिरहेको छ

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 936
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् ।  थापाले सरकार सुल्टो बाटो नभइ विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा उल्टो भएर हिँडिरहेको आरोप लगाए ।



    सांसद थापाले संविधानको अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भनेपनि संविधानअनुसार काम नभएको गुनासो गरे ।



    सांसद थापाले संघीय शिक्षा ऐन नल्याएको र अर्कोतर्फ शिक्षा नीति बनाएर प्रस्तुत गर्न नसकेको बताए । नयाँ विश्वविद्यालय बनाउँदै जाने हो भने भइरहेका विश्वविद्यालयलाई थप ध्वस्त पार्ने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार