Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रपति भण्डारीद्वारा स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त

    राष्ट्रपति भण्डारीद्वारा स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 813
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।

    स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् ।



    मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो ।



    त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार