Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अमेरिकामा कोरोना संक्रमित बढ्दा किन खुशी भए राष्ट्रपति ट्रम्प ?

    अमेरिकामा कोरोना संक्रमित बढ्दा किन खुशी भए राष्ट्रपति ट्रम्प ?

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेला बेलामा बिबादास्पद अभिव्यक्ति दिएर चर्चामा आउने गरेका छन्।

    उनले अमेरिकामा संसारमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिनु इज्जतको कुरा भएको तर्क गरेपछि अचम्म मानिएको छ ।



    ट्रम्पले ह्वाइट हाउसमा भने- ‘म यसलाई यो राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै राम्रो छ।’ कोरोना भाइरसको महामारी सुरू भएपछि ट्रम्पले सोमबार पहिलो मन्त्रीपरिषद्को वैठक गरेका थिए ।



    कोरोना संक्रमित  संख्या बढ्दा अरूको भन्दा धेरै परीक्षण गरेको उनको तर्क छ  ।  ट्रम्पले भने – ‘हामीसँग धेरै केसहरू छन्  । यसलाई नराम्रो रूपमा हेर्दिन, म यसलाई राम्रो रुपमा हेर्छु किनकी हाम्रो परीक्षण धेरै राम्रो छ।’

    कोरोना भाइरसको महामारीले अमेरिकामा ९४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९४ हजार ९१८ पुगेको छ ।

    अमेरिकामा मंगलबारसम्म १२.६ मिलियन मानिसहरूको कोरोना भाइरस परीक्षण भएको छ। बिबिसीका अनुसार ट्रम्पको टिप्पणीमा डेमोक्र्याटिक नेशनल कमिटीले भने ट्वीटर मार्फत राष्ट्रपतिको आलोचना गरेको छ।

    उक्त पार्टीले अमेरिकामा संक्रमित बढ्नुलाई नेतृत्वको पूर्ण विफलता भनेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार