Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • हज यात्रामा अनियमितता : अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

    हज यात्रामा अनियमितता : अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले हज यात्राका क्रममा भएको आर्थिक अनियमितता छानबनि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

    सोमबार मुस्लिम आयोगका पदाधिकारीहरुसँगको छलफलपछि समितिले विषयप्रति गम्भीर्यता देखाउँदै आयोगको ध्यानाकर्षण गराएको हो । नेपालबाट प्रत्येयक वर्ष मुस्लिम समुदायको पवित्र धार्मिक स्थल साउदी अरेबियाको कक्का मदिना जाने चलन छ ।



    सरकारी खर्चमा पठाइने तीर्थ यात्रीलाई सरकारले गृहमन्त्रालयमार्फत हर्ज समितिलाई रकम उपलब्ध गराउने गरेको छ। त्यहाँ अनियमितता भएको भन्दै प्रत्येक वर्ष विभिन्न निकायमा उजुरी पर्ने गरेका छन् । मुस्लिम आयोगले प्रभावकारी रुपमा काम गर्न नसकेको ठहर गर्दै समितिले अख्तियारको ध्यानाकर्षण गराएको हो ।



    ‘हजयात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमिततामाथि अनुसन्धान गरि निष्कर्षमा पुग्न समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ’, समितिको निर्णय छ ।

    यसैगरी, समितिले हजयात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नहुनुको कारण जानकारी गराउन मुस्लिम आयोगलाई निर्देश गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार