Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सभामुख सापकोटा भन्छन् – खरानी पनि आयात हुन्छ भन्ने सुनेर अचम्मित भएँ

    सभामुख सापकोटा भन्छन् – खरानी पनि आयात हुन्छ भन्ने सुनेर अचम्मित भएँ

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले नेपालजस्तो उर्बर भूमिमा खर्बौँ रुपैयाँको खाद्यान्न आयात हुनु दुःखद् भएको बताएका छन्।

    सोमबार काठमाडौँमा आयोजित ‘राष्ट्रमा जीपीएस समृद्ध अभियान’को शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको सापकोटाले बताए ।



    उनले भने, ‘ नेपालजस्तो देश, जहाँ सागपात असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं। जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै। खरानीसमेत नेपालमा आयात हुन्छ। यो सुनेर आफैं अचम्मित छु। २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरु आयात गर्छौं। यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?’



    खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा आफू अचम्मित भएको सभामुख सापकोटाको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार