Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • विश्वका ३९ देशबाट १ अर्ब १२ करोडको स्याम्पो आयात

    विश्वका ३९ देशबाट १ अर्ब १२ करोडको स्याम्पो आयात

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालमा विश्वका ३९ वटा देशबाट स्याम्पो भित्रिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वका तीन दर्जनभन्दा बढी मुलुकबाट नेपालमा स्याम्पो भित्रिने गरेको हो ।

    गत आर्थिक वर्ष २०७८÷७९ मा स्याम्पो आयातमा मात्रै १ अर्ब १२ करोड ७४ लाख ५३ हजार रुपैयाँको बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ महिनाको अवधिमा उक्त मूल्य बराबरको स्याम्पो नेपाल भित्रिएको हो ।



    जसमध्ये, दक्षिण छिमेकी मुलुकबाट ८१ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको स्याम्पो आयात भएको छ । यस्तै, चीनबाट ७ करोड १९ लाख ४० हजार रुपैयाँको स्याम्पो भित्रिएको विभागको तथ्याङ्क छ ।



    नेपालले अष्ट्रेलिया,बहराइन, बंगलादेश, बेल्जियम, ब्राजिल, बुल्गेरिया, क्यानडा, फ्रान्स, जर्मनी, कोरिया, मलेसिया, मेक्सिको, कतार, पोल्याण्ड, फिलिपिन्स, रुस, कुवेत, जापान, इटाली, इजरायल, इण्डोनेशियाबाट स्याम्पो आयात गर्छ । यस्तै, हङकङ, इस्टोनिया, ताइवान, स्वीट्जरल्याण्ड, टर्की, बेलायत र अमेरिका लगायत अन्य मुलुकबाट समेत स्याम्पो आउने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार