Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लकडाउनमै अभिनेता नवाजुद्दिनकी पत्नीले मागिन् डिभोर्स

    लकडाउनमै अभिनेता नवाजुद्दिनकी पत्नीले मागिन् डिभोर्स

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    मुम्बई । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीकी पत्नीले डिभोर्स मागेकी छन्। जसले नवाजुद्दिन समस्या परेका छन्। भारतमा दाम्पत्य सम्बन्धविच्छेदन (डिभोर्स) माग्दै उनलाई पत्नीले कानुनीपत्र पठाएकी छन् । आफ्ना लागि यो दुःखद पक्ष भएको अभिनेता सिद्दिकीले बताएका छन् । अभिनेता सिद्दिकीलाई उनकी पत्नी आलिया सिद्दिकीले सम्बन्धविच्छेदको पत्र पठाएकी हुन्।

    आफ्ना पतिसँग अलग हुने निष्कर्षमा पुगेकी आलियाले दुई महिना पहिला आफ्नो नाम परिवर्तन गरेकी थिइन् । उनले आफ्नो नाम आलिया सिद्दिकीबाट परिवर्तन गरेर अञ्जनाकिरोश पान्डे राखेकी हुन् । उनी हिन्दू परिवारकी हुन् भने नवाजुद्दिनसँग अन्तरधर्म प्रेम विवाह आलियाले गरेकी थिइन् । विवाहपछि उनले नाम पनि परिवर्तन गरेकी हुन् ।



    हालै एक अन्तर्वार्तामा आफू अब श्रीमान् नवाजुद्दिन सिद्दिकीसँग अलग हुने घोषणा उनले गरेकी थिइन् । यतिबेला नवाजुद्दिन र आलिया अलग छन् । यसैक्रममा आलियाले सम्बन्धविच्छेदको पत्र पठाएकी हुन् । आफू नवाजुद्दिन र उनका भाइको व्यवहारका कारण अलग हुन लागेको उनले बताएकी छन् ।



    यी दुईबीच ११ वर्षअघि विवाह भएको थियो । आफूले विवाहपछि निकै दुःख भोग्नुपरेको र सोचेजस्तो सुखसँग आफूहरूको दाम्पत्य जीवन नचलेका कारण अभिनेता नवाजुद्दिनसँग अलग हुन कानुनी प्रक्रिया अघि बढाएको पनि उनले बताएकी छन् । लकडाउन चलिरहेका बेला यी अभिनेता अहिले आफ्नो गृहनगर मुजफ्फरनगरमा क्यारेन्टाइनमा छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार