काठमाडौं । प्रहरी प्रधान कार्यालयले आइतबार ११ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रधान कार्यालयको मानव स्रोत विकास विभागले प्रकाशित गरेको सूचनाअनुसार विभिन्न ११ जना एसपीको काज सरुवा गरेको हो ।
काज सरुवासँगै सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको छ ।
रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव गौतम र बारामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इन्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ ।
यस्तो छ काज सरुवा सूची
Leave a Reply