Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

    घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    विराटनगर । घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई अख्तियारले प्रक्राउ गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको हाे ।

    डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको थिए ।



    झा ले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखि दिएका थिए । खाम आफ्नो टेबलको घर्रामा झाले राखिदिएपछि पौडेलले यो के हो भनेर सोध्दा नभनेको पौडेलले बताएका छन् ।



    साथै झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्विकार गरेको बताएका छन् । उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भष्ट्राचार जन्य कसुरमा सजाय गराई पाउँ भनि निवेदन दिएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार