काठमाडौं । नेकपा एमालेकी सचेतक शान्ता चौधरीले मुक्त कमलरी र सरकारबीचको १० बुँदे सहमति कार्यान्वयनका लागि माग गरेकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कमैया मुक्तिको २२ वर्ष र कमलरी मुक्तिको ९ वर्ष बितिसक्दा पनि अझै कमैया र कमलरीहरुको उचित व्यवस्थापन हुन नसकेको बताइन् ।
चौधरीले मुक्त कमैया र मुक्तकम्लहरीलाई यथोचित पुर्नस्थापनाको लागि सरकारसँग माग गरिन् ।
उनले भनिन्,’सरकार र मुक्त कम्लहरीसँग भएको १० बुँदे सहमति यथासिघ्र कार्यान्वयन गर्न सरकारसँग माग गर्छु । ‘
Leave a Reply