Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतलाई गगनको जवाफ -कृत्रिम विस्तार त भारतले गरेको हो, हाम्रो नक्सा सही छ

    भारतलाई गगनको जवाफ -कृत्रिम विस्तार त भारतले गरेको हो, हाम्रो नक्सा सही छ

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 6.1K
    SHARES

    काठमाडौं । नेपालले आज जारी गरेको राजनैतिक तथा प्रशासनिक नक्सालाई भारतले विज्ञप्ती जारी गर्दै मान्य नहुने वताएपछि नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले लिम्पियाधुरा,लिपुलेक र कालापानी हाम्रो भूमि भएको वताएका छन् ।

    उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन् -‘ परराष्ट्रमन्त्रीज्यू, हाम्रो नयाँ नक्सा अमान्य हुने जनाएको भारत सरकारलाई ऐतिहासिक तथ्य र प्रमाणसहित भनिदिनुहोस-‘ कृत्रिम विस्तार त भारतले नेपाली भूमिसहित नक्सा जारी गर्दा गरेको हो। नेपालले त आफ्नै भूमिलाई नक्सामा समावेश गरेको हो। सत्य यही हो लिम्पियाधुरा,लिपुलेक र कालापानी हाम्रो भूमि हो।





    यसअघि नेता थापाले अध्यावधिक नेपालको नयाँ नक्सा सार्वजनिक गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएका थिए ।

    थापाले भनेका थिए , ‘लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद । हाम्रो भूमिलाई ब्यवहारमा प्राप्त गर्ने अभियानमा हाम्रो पूर्ण साथ छ र रहिरहने छ । आत्मश्लघा होइन आत्मविश्वास, उत्तेजना होइन चतुरता, साहससँगै अडान र परिपक्व कूटनीतिक पहल भयो भने लक्ष्यमा पुग्नेछौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार