Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • शेरबहादुरलाई राष्ट्रपति बनाउने सहमतिको हल्ला हावादारी हो : प्रचण्ड

    शेरबहादुरलाई राष्ट्रपति बनाउने सहमतिको हल्ला हावादारी हो : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 996
    SHARES

    फाइल तस्विर

    जनकपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर फैलाएको हल्ला हावादारी भएको प्रतिक्रिया दिएका छन् ।

    शनिबार जनकपुरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘यो सव हावा कुरा हो । यो एक भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला हो, यसमा कुनै सत्यता छैन ।’



    आरजु उपचारका क्रममा दिल्लीमा भएको र नेपाली राजदूत शंकर शर्माले ब्रेकफास्ट मिटिङ भनेर दूतावासमा बोलाएका बेला आरजुसँग भेट भएको बताए ।



    त्यहाँ राजदूत शर्माले आरजुलाई समेत बोलाएकाले एकछिन ब्रेकफास्टका बेला सँगै बसे बाहेक अरु केही कुरा नभएको प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार