Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • एम अधिकारीबारे धेरै खोजी नगर्न ओलीको आग्रह, भन्छन् – न्यायालयमै कांग्रेस छन्

    एम अधिकारीबारे धेरै खोजी नगर्न ओलीको आग्रह, भन्छन् – न्यायालयमै कांग्रेस छन्

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 723
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् ।

    राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै उनले एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका हुन् ।



    एमालेले आफ्नो अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको ओलीले बताए ।



    एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले भने, ‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि त ?’

    राज्यका अरु निकायमा पनि कांग्रेस कार्यकर्ता रहेको भन्दै ओलीले उनीहरुले राजीनामा दिएको नसुनिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार