काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको बताएका छन् ।
शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले बृद्धभत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको टिप्पणी गरेका हुन् ।
उनले कांग्रेस नेतृत्वको विगतका सरकारप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको आरोप लगाए ।
ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको दाबी गरे।
Leave a Reply