Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भीम रावलको व्यंग्य – के रोग लाग्यो मेरो देशलाई उपचार छ कि केही ?

    भीम रावलको व्यंग्य – के रोग लाग्यो मेरो देशलाई उपचार छ कि केही ?

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 978
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै उनले अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।



    नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने कविता वाचन गर्दै रावलले नागरिकता विधेयकमा छलफल होइन, छल भएको तर्क गरेका छन् ।



    यसअघि सो नागरिकता विधेयकमा ६ वटा संशोधन प्रस्ताव राखेका रावलले कविता वाचन गर्दै, ‘के रोग लाग्यो मेरो देशलाई उपचार छ कि केही ?’ भनी विधेयक समितिमा लैजान माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार