काठमाडौं । सांसद खगराज अधिकारीले नागरिकताजस्तो संवेदनशील विषयलाई ख्याल ठट्टा नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद अधिकारीले सहमतिका साथ नागरिकता विधेयक पास गर्नुपर्ने बताएका हुन् ।
कोहि नेपालीहरु अनागरिक नहुन् भन्ने उद्देश्यका साथ नागरिकता विधेयक आउनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘नागरिकताको हकमा राष्ट्रिय स्वाधिनता हाम्रो हातमा छ । नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरिन् । तीनले अरु सबै अधिकार पाउछन्, नागरिकताको पूर्ण अधिकार सात वर्षपछि पाउने प्रावधान राखौं ।’
Leave a Reply