सिराहा । लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध प्रहरीमा जबरजस्ती करणी उद्योगको उजुरी परेको छ ।
उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।
महतो जनता समाजवादी पार्टीबाट गत स्थानीय तह निर्वाचनमा लहान नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए ।
Leave a Reply