Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • सामुदायिक वनमा भेटियो मानव कंकाल

    सामुदायिक वनमा भेटियो मानव कंकाल

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 837
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कंकाल भेटिएको छ। बिहीबार दिउँसो उक्त मानव कंकाल भेटिएको हो।

    कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए।



    उनका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेको थियो।

    ‘तीन–चार महिनाअघिको देखिने मानव कंकाल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो’, प्रवक्ता पाण्डेले भने, ‘जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कंकाललाई प्रहरीले ल्याएको छ।’

    प्रहरीकाअनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार