Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ बनाउन नसकिने, रेखाङ्कनलाई पुनरावलोकन गर्नुपर्ने

    अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ बनाउन नसकिने, रेखाङ्कनलाई पुनरावलोकन गर्नुपर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सहरी विकास मन्त्रालयले अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ विकास आयोजनालाई अगाडि बढाउन नसकिने निष्कर्ष निकालेको छ। आयोजना अगाडि बढाउन अहिलेको रेखाङ्कनमा पुनरवलोकन गर्नुपर्ने निष्कर्ष मन्त्रालयको छ।

    प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिलाई मन्त्रालयले दिएको जवाफमा यस्तो उल्लेख छ। समितिले बाहिरी चक्रपथ विकास आयोजनाबारे अवस्थाबारे जानकारी मागेको थियो।



    प्रस्तावित बाहिरी चक्रपथको दायाँबायाँ २५० मिटर जग्गामा स्थायी भौतिक संरचना निर्माण भइसकेको हुँदा अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भएकाले आयोजनाको रेखाङ्कनलाई पुनरावलोकन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिमा बुझाएको छ ।



    मन्त्रालयले समितिलाई साउन ३ गते बुझाएको हो। समितिका सचिव ओमबहादुर कार्कीले निर्माण भएका स्थायी संरचनालाई हटाउँदा तथा ती जग्गा अधिग्रहण गर्दा मुआब्जास्वरूप लाग्ने रकम अत्यधिक लाग्ने भएकाले आयोजनाको रेखाङ्कन नै पुनरवलोकन गर्नुपर्ने सुझाव दिइएको जानकारी दिए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार