काठमाडौं । भारतको १५औं राष्ट्रपतिमा दलित महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।
देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति मुर्मूलाई बधाई दिएका हुन् ।
देउवाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-‘भारतको १५ औं राष्ट्रपति निर्वाचित भएकोमा श्रीमती द्रौपदी मुर्मुलाई नेपाली जनता र सरकारको तर्फबाट हार्दिक बधाइ ! आगामी दिनमा नेपाल(भारतको सुमधुर सम्बन्धले नयाँ उचाइ लिनेछ भन्ने कुराम म विश्वस्त छु।’
सन्थाल समुदायकी मुर्मु भारतमा आदिवासी समुदायबाट राष्ट्रपति हुने पहिलो महिला हुन् भने प्रतिभा पाटिलपछि राष्ट्रपति हुने उनी दोस्रो महिला हुन् ।
On behalf of the govt & people of #Nepal, I would like to extend warmest congratulations to Smt Droupadi Murmu on being elected as the 15th President of India. I am confident that the excellent bilateral relations between #Nepal & #India will see newer heights in the days ahead.
— Sher Bahadur Deuba (@SherBDeuba) July 21, 2022
Leave a Reply