Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मन्त्रीकै अगुवाइमा सरकारविरूद्द संघर्ष गर्ने तयारी

    मन्त्रीकै अगुवाइमा सरकारविरूद्द संघर्ष गर्ने तयारी

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    जनकपुरधाम । प्रदेश २ मा गत आर्थिक वर्षमा सम्पन्न योजनाहरुको भुक्तानी हुन नसकेको विषय पुनः सतहमा अाएकाे छ। सांसदहरु लागिपर्दा पनि उपभोक्ता समितिहरुले भुक्तानी नपाएपछि प्रदेश २ सरकारका एकजना मन्त्री नै संघर्षको नेतृत्व लिन अग्रसर भएपछि भुक्तानी हुन नसकेकाे विषय पुन: सतहमा अाएकाे हाे।

    प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवकै अगुवाइमा दबाब समिति बनेको छ । समितिमा सत्ता रुढ र विपक्षी दलका सांसदहरु बसेको छन्। नयाँ बजेट आउने बेला प्रदेश २ मा गत आर्थिक वर्षमा सम्पन्न योजनाहरुको भुक्तानी हुन नसक्दा मन्त्री तथा सांसदहरूलाइ काम गर्न समस्या भएकाे छ।



    अहिले कोरोना संक्रमण रोक्न लकडाउन छ । विरोधका यस्ता कार्यक्रम गर्न सकिँदैन । यो बेला झन समस्यामा परेका उपभोक्ता समितिका पदाधिकारी र निर्माण सामग्री दिएका व्यापारीहरुको हितका निम्ति मन्त्री यादव अग्रसर भएका हुन् । उनीहरुको रकम तुरुन्त नदिए सरकार बसिरहनुको औचित्य आफूले नदेखेको उनले बताए ।



    गत आवमा सम्पन्न ७४२ योजनाको करिब ९१ करोड रुपैयाँ भुक्तानी हुन सकेको छैन । २०७६ सालमा बसेका अधिकांस प्रदेश सभा बैठक यहीँ कारण अवरुद्व भएको थियो । भुक्तानी पाउनपर्ने उपभोक्ता समितिका पदाधिकारीहरुले मुख्यमन्त्री र मन्त्रीहरुको फोटोमा जुत्ता प्रहारदेखि प्रदेश सभा बाहिर नाराबाजीसम्म गरेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार