Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • काँग्रेस सांसद शाहीको व्यंग्य – नियमावली पढाउन स्कुल पठाए पीएचडीको अपमान हुने भयो

    काँग्रेस सांसद शाहीको व्यंग्य – नियमावली पढाउन स्कुल पठाए पीएचडीको अपमान हुने भयो

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 2K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले सभामुख अग्नि सापकोटाको आसन नै कब्जा हुने त हैन भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले जसले संविधान, संसदको नियमावली लेख्छ उसैले बिर्सेर राष्ट्रवादका कुरा गरेर रोस्टम कब्जा गर्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गरेकी हुन् ।



    शाहीले भनिन्– ‘प्रतिनिधिसभा नियमावली नियम २३ मा सभामुखको आदेश सांसदले पालना गर्नुपर्नेछ भनेर उल्लेख गरिएको छ ।



    माननीय ज्युले आफैंले बनाएको नियमावली पढाउन स्कूल पठाउने हो भने पीएचडी गरेको प्रमाणपत्रको अपमान हुने भयो सभामुख महोदय ।’

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि ७ मिनेट समय पाएका सांसद भीम रावलले झण्डै २० मिनेट संसदको रोष्टम कब्जा गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार