विराटनगर । लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।
पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् । प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको छ । प्रदेश १ को नामकरणको विषय अहिले पेचिलो बन्दै गएको छ ।
Leave a Reply