Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • छानबिन समितिमा शर्माको बयान – सीसीटीभी फुटेज कहिलेसम्मको रहन्छ मन्त्रीलाई जानकारी हुँदैन

    छानबिन समितिमा शर्माको बयान – सीसीटीभी फुटेज कहिलेसम्मको रहन्छ मन्त्रीलाई जानकारी हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 879
    SHARES

    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने कुरा मन्त्रीलाई जानकारी नहुने बयान दिएका छन् ।

    शर्मा अहिले सिंहदरबारस्थित अर्थसमितिको हलमा बसेको समितिको बैठकमा उपस्थित भएर बयान दिइरहेका छन् । बजेट निर्माणका बेला बाहिरी व्यक्तिको प्रवेश भएर करका दर हेरफेर गरिएको समाचार सार्वजनिक भएपछि संसदले छानबिनका लागि समिति बनाएको थियो ।



    समितिको बैठकमा उपस्थित शर्माले भित्रबाहिर गर्दा त्यहाँ सुरक्षाकर्मी रहने हुँदा बाहिरको मान्छेले सहजै प्रवेश नपाउने बताए ।



    “बाहिरको मान्छे पस्ने सम्भावना नै छैन,” उनले भने, “सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन ।” तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार