काठमाडौं । एमाले सांसद नविना लामाले आफू नेपाली भाषामा कमजोर भएको बताएकी छन् । संसद्मा बोल्ने क्रममा अशुद्ध भएपछि उनले यस्तो स्पष्टीकरण दिएकी हुन् ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले बोलेका केही शब्द गलत उच्चारण भएको थियो । त्यसपछि उनलाई ट्रोल बनाएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
त्यहीबारे उनले स्पष्टीकरण दिएकी हुन् । ‘आज मैले शून्य समयमा बोल्ने क्रममा भाषामा अशुद्ध भएको कुरामा स्वीकार गरेँ । म नेपाली भाषामा पहिल्यैदेखि कमजोर छु ।
मैले अरू बेला पनि बोल्ने लेख़्ने विषयमा गल्ती नै गरिरहेको छु । यो विषयमा सच्याउने कोसिस गरिरहेकी छु,’ उनले भनेकी छन् ।
Leave a Reply