Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेपालको नयाँ नक्सा जारी, आजैदेखि औपचारिक रुपमा प्रयोग

    नेपालको नयाँ नक्सा जारी, आजैदेखि औपचारिक रुपमा प्रयोग

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । सरकारले आज नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

    बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी हुन् ।



    नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले भनिन्–‘मुलुकको इतिहासमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भुभाग समेटिएको अद्यावधिक रानीतिक र प्रशासनीक नक्सा सार्वजनिक गर्न पाउँदा हामी सबै गौरवान्वित र पुलखित भएका छौं ।’



    यौ गौरवशाली इतिहास निर्माण गर्न आम नेपाली जनताले देखाएको चासो दिएको साथप्रति मन्त्री अर्यालले आभार समेत व्यक्त गरिन् ।

    सबै स्थानीय तह र अन्तर्राष्ट्रिय सीमासहितको नक्सा सार्वजनिक भएसँगै अब यस नक्सालाई विद्यालयको पाठ्यपुस्तकदेखि सबै औपचारिक रुपमा प्रयोगमा ल्याईने मन्त्री अर्यालले जानकारी दिइन् ।

    ‘सुगौली सन्धिअनुसार काली नदि पूर्वका गुन्जी, नाभी र कुटी र लिम्पियाधुरासमेत समेटेर नक्सा जारी भएको छ ।’ मन्त्री अर्यालले भनिन् ।

    मन्त्री अर्यालले नेपालले जारी गरेको नयाँ नक्सालाई भारतले सकारात्मक रूपमा लिने अपेक्षा सरकारले गरेको बताइन् ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

    त्यसअघि शुक्रबार सरकारको नीति तथा कार्यक्रममार्फत नयाँ नक्सा जारीको घोषणा भएको थियो ।

    कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म समेटिएको नेपालको नक्सा जारी गर्ने विषयमा सरकारले गरेका निर्णयबारे मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार