Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • नक्कली सिफारिस र लालपुर्जा बनाएर ६ जनाको जग्गा बिक्री

    नक्कली सिफारिस र लालपुर्जा बनाएर ६ जनाको जग्गा बिक्री

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 888
    SHARES

    काभ्रे। विभिन्न व्यक्तिको नाममा रहेको जग्गाको नक्कली कागजात बनाएर बिक्री गर्दै ठगी गरेको आरोपमा काभ्रे प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ परेकामध्ये ३७ वर्षीय रविप्रसाद रेग्मीले बनेपा नगरपालिका-१ स्थित चाइना टाउन बास्केटबल कोर्ट अगाडि ६ जना व्यक्तिको नाममा रहेको जग्गा आफ्नोजस्तो बनाएर बिक्री गरेको र एक करोड २१ लाख ५० हजार रुपैयाँ ठगी गरेको दाबी प्रहरीको छ ।



    प्रहरीका अनुसार रेग्मीले राजीनामा कागज, घर बाटोको सिफारिस, जग्गाधनी प्रमाणपत्र आफ्नो नामको नक्कली बनाएर बिक्री गरेका थिए । ग्राहकले पाउने जग्गाधनी पुर्जासमेत नक्कली बनाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



    प्रहरीले रेग्मीको साथबाट जग्गाको नक्कली धनी पुर्जासहित विभिन्न कागजात पनि बरामद गरेको छ । पक्राउ परेका अन्य दुई जनामा लेखापढी व्यवसाय गर्ने बनेपाकै ४५ वर्षीय राजन थापा र उनकी श्रीमती सीताकुमारी थापा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार