एजेन्सी । पौराणिक ग्रन्थ रामायणमा आधारित रहेर फिल्म निर्माण हुने भएको छ। नीतेश तिवारीको निर्देशनमा बन्ने फिल्मको बजेट ७ अर्ब ५० करोड बताइएको छ। जुन भारतीय फिल्म इतिहासमै सबैभन्दा ठूलो बजेट हो।
फिल्ममा मुख्य पात्र रामका लागि रणबीर कपुर र रावणका लागि हृतिक रोशन अनुबन्धित भएका छन्। हृतिक र रणवीर पहिलोपटक एकसाथ पर्दामा देखिन लागेका हुन्।
सन् २०२३ को मध्यतिरबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मका अन्य पात्रको छनोट भने हुन बाँकी छ। फिल्ममा भिएफएक्स र स्टारकास्टको लागि सबैभन्दा धेरै बजेट छुट्टाइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार निर्माण टोलीले सीताको भूमिकाको लागि दीपिका पादुकोणलाई प्रस्ताव गरेका छन्। आगामी नोभेम्बरमा औपचारिक घोषणा गरिने फिल्म २०२४ को अन्त्यसम्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टोली रहेको छ।
Leave a Reply