काठमाडौं । कैलालीको गेटामा मेडिकल विश्वविद्यालय बनाउने बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै भूमिका नखेलेको आरोप लागेको छ । एमाले सांसद नरबहादुर धामीले प्रधानमन्त्री देउवाविरुद्ध प्रतिनिधिसभाको बैठकमा आक्रोश पोखेका हुन् ।
गेटामा २७ वटा अत्याधुनिक भौतिक पूर्वाधार सहितका भवन निर्माण भइसकेको तरपनि सरकारले त्यहाँका जनताका आवाज नसुनेको उनले बताए ।
गेटा सुदूर पश्चिममा परेका कारण पनि त्यहाँ विश्वविद्यालय नबनाइएको उनको आरोप थियो । धामीले राणा शासनदेखि अहिलेको सरकार समेतले सुदूर पश्चिमलाई विभेद गरेको बताए ।
सांसद धामीले भने–’सुदूर पश्चिमका जनतामा दुरगामी प्रभाव हुने युगान्तकारी, अविस्मरणीय काम के–के गर्नुभयो ? शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा सुदूर पश्चिमका लागि तपाईले गरेका चिरस्थायी काम के के हुन् ? सुदूर पश्चिमका जनता जान्न चाहन्छन् कुनै जवाफ छ ? थारो भैसी पालेझैँ ३१ वर्षदेखि तपाईलाई भोट दिएर जनताले बालुवामा पानी हालेका हुन् ?’
Leave a Reply