Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • रामेछापका कोरोना संक्रमित मैतीदेवीमा भेटिएपछि उक्त क्षेत्र सिल

    रामेछापका कोरोना संक्रमित मैतीदेवीमा भेटिएपछि उक्त क्षेत्र सिल

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । रामेछाप घर भइ मैतीदेवी डेरा बस्दै आएका एक युवकमा कोरोना संक्रमण देखा परेपछि राजधानीको मैतीदेवी क्षेत्र सिल गरिएको छ ।

    रामेछापको खाँडादेवी–१ स्थायी घर भई मैतीदेवीमा डेरामा गरी बस्ने पुरुषमा संक्रमण पुष्टि भएपछि मैतीदेवी क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ ।



    मैतीदेवी प्रहरी बिटका अनुसार मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको छ। १०–१२ वटा घर पूर्णरुपमा सिल गरिएको प्रहरीले जनाएको छ।



    उनी वैशाख ३० गते काठमाडौं आएर कोरोना परीक्षण गर्न थ्रोट स्वाब दिएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको छ ।

    रामेछापमा पनि संक्रमितको घर भएको क्षेत्रलाई सिल गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार