Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • पहिरोले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

    पहिरोले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 1.9K
    SHARES

    फाइल तस्विर

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।

    मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।



    सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।



    पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार