Online Nepal
  • बुधबार, २ माघ २०८१
  • दिलमाया सुनार मृत्यु प्रकरण : हत्या भएको निष्कर्ष

    दिलमाया सुनार मृत्यु प्रकरण : हत्या भएको निष्कर्ष

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्‍धान सकेको छ।

    प्रहरीले अनुसन्धान सकेर मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।



    प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठले हत्या गरेको भन्दै प्रतिवेदन बुझाएको छ।

    असार ११ गते शनिबार बिहान गायिका दिलमाया तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित डेरामा मृत फेला परेकी थिइन्।

    सुरूमा दिलमायाले आत्महत्या गरेको आशंका गरिएको थियो। शनिबार बिहान १:२० मिनेट जाँदा उनको फेसबुकमा ‘सुसाइड नोट’ भेटिएको थियो।

    जसकारण पनि उनले आत्महत्या नै गरेको हो कि भन्ने आशंका गरिएको थियो। अनुसन्धानको क्रममा उनीसँगै खिलबहादुर श्रेष्ठ पनि बस्दै आएको खुल्यो। श्रेष्ठ दिलमायाका प्रेमी हुन्। घरबेटीलाई भने उनीहरूले आफूहरू श्रीमान-श्रीमती भएको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार