काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा १८ अंकको सुधार आएको छ । अघिल्लो दिन १.९३ अंकले बढ्दै २ हजार ११.३९ अंकमा अडिएको नेप्सेमा आज थप १८.०३ अंकले बढ्दै २ हजार २९.४३ अंकमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८३ अंकले बढ्दै ३८८.७६ अंकमा उक्लिएको छ । १८ अंकले बढेको बजारमा आज म्युचुअल फन्ड बाहेकका सबै उपसूचक धनात्मक भएका छन् ।
सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक ४.९३ प्रतिशतले बढेको छ भने, इनभेष्टमेन्ट समूह १.६८ प्रतिशतले, फाइनान्स समूह १.४३ प्रतिशतले, निर्जीवन बीमा समूह १.३६ प्रतिशतले, जीवन बीमा समूह १.२१ प्रतिशतले, हाइड्रोवापर समूह १.१६ प्रतिशतले बढेको छ ।
यस्तै, डेभलपमेन्ट बैंक समूहको उपसूचक ०.९१ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो ०.७३ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.६८ प्रतिशतले, बैंकिङ समूह ०.१५ प्रतिशतले बढेका छन् । यस दिन कुल १ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
Leave a Reply