एजेन्सी । २४ वर्ष व्यावसायिक क्रिकेट खेलेका भारतका चर्चित ब्याटसम्यान सचिन तेन्दुलकरले खेल जीवनबाट अवकाश लिएपछि पनि भारतको सबैभन्दा धेरै कमाउने सेलिब्रेटीहरूको सूचीमा आउँछन् ।
आज पनि विभिन्न ब्राण्डसँग गरेका सम्झौताबाट उनले करोडौँ कमाउने गर्छन् । कुल सम्पत्तिको आधारमा सचिन तेन्दुलकर भारतीय क्रिकेट क्षेत्रका मात्र होइन, विश्वकै सबैभन्दा धेरै धन भएका क्रिकेट खेलाडी हुन् ।
सचिनको मुम्बईको बान्द्रामा एक आलिसान बङ्गला छ । वोगको रिपोर्ट अनुसार सो बङ्गलाको आजको झण्डै एक अर्ब भारु पर्छ । सचिनले यो बङ्गला सन् २००७ मा ३९ करोडमा किनेका थिए ।
यस बाहेक सचिनको बान्द्राको कुर्ला कम्प्लेक्समा पनि अर्को फ्ल्याट छ, जसको मूल्य करिब करिब ८ करोड भारु बताईन्छ । त्यस्तै केरलामा उनको एउटा लगभग ७८ करोड भारुको घर छ ।
Leave a Reply